नीभ कर्पोरेशनले २५ लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  • 14 May, 2026
नीभ कर्पोरेशनले २५ लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको यस कम्पनीको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ र यसले होटल, कृषि तथा पर्यटन क्षेत्रमा कार्य गर्दै स्थानीय संस्कृति र प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ। कम्पनीले दाङ, नेपालगञ्ज, सुर्खेत लगायतका क्षेत्रमा सञ्चालन विस्तार गर्दै इलामदेखि सुदूरपश्चिमसम्म २० भन्दा बढी स्थानमा व्यवसाय फैलाउने लक्ष्य राखेको छ। दिगो विकास, आधुनिक कृषि, कृषि पर्यटन र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै शून्य कार्बन उत्सर्जन र रोजगारी सिर्जनामा केन्द्रित रहेको कम्पनीले धितोपत्र बोर्डको स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ।